कोरोना संक्रमण मुक्त हुनेको दरमा बृद्धि : पछिल्लो २४ घन्टामा ४४७२ संक्रमित थपिदा ६९५१ संक्रमण मुक्त


काठमाडौं – पछिल्लो २४ घण्टामा ४ हजार ४७२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ६ हजार ९५१ संक्रमणमुक्त भएका छन् भने ९२ जना संक्रमितको मृत्यु भएको छ ।

अहिले ८५ हजार ५४४ जना संक्रमित आइसोलेसनमा छन् । पछिल्लो २४ घण्टामा १२ हजार २ पीसीआर र ५९०१ जनाको एन्टीजेन परीक्षण भएको छ ।

अहिलेसम्म नेपालमा ६ लाख ६ हजार १५५ जनालाई संक्रमण पुष्टि भएको छ भने ४ लाख ९७ हजार ९६० जना निको भएका छन् । यस्तै ७ हजार ९९० संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया