

नेपाली जनतालाई कोरोना मुक्त गर्ने मेरो प्राथमिकता : स्वास्थ्यमन्त्री तामाङ

काठमाडौं – नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले कोरोना कहरबाट नेपाली जनतालाई मुक्त गर्ने रहेको बताएका छन् ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो मुख्य प्राथमिकता कोरोना कहरबाट नेपाली जनतालाई मुक्त गर्ने रहेको बताएका हुन् ।
उनले आफू नागरिकको जीवन रक्षा गर्ने प्राथमिकता लिएर मन्त्रालय सम्हाल्न आइपुगेको र कोरोना कहरबाट बच्न मुख्य प्राथमिकता खोप व्यवस्थापनमा दिएको पनि मन्त्री तामाङले बताए ।

