

ओलीको आह्वानमा प्रचण्डको भर्त्सना

काठमाडौं– प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूहलगायतलाई एकताका लागि आह्वान गर्दा उल्लेख गरेका केही विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्त्सना गरेका छन्।
सर्वोच्च अदालतले एमाले र माओवादी व्युँताएपछि फेरि एकताका लागि आफूले पहल गरेको भनी ओलीले उल्लेख गर्ने क्रममा प्रचण्डका कारण हुन नसकेको जनाएका थिए। उक्त भनाईमा सत्यता नरहेको भन्दै प्रचण्डले सामाजिक सञ्जालमार्फत झूठ र भ्रामक रहेको भन्दै भर्त्सना गरेका हुन्।

