ओलीको एकता आह्वानले माधव नेपाल पक्ष चिरा पर्ने निश्चित


काठमाडौंप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकताका लागि जेठ ०७५ पूर्वको अवस्थामा जाने आह्वानसहितको वक्तव्यले माधवकुमार नेपाल पक्ष चिरा पर्ने निश्चित भएको छ।

कार्यदल तहको वार्तालाई पनि जारी राख्नेगरी आएको घोषणाले नेपाल पक्षका दोस्रो तहका नेता हर्षित छन् भने कार्यकर्तामा उत्साह पनि आएको छ। तर नेपाल पक्षका उपल्ला तहका नेताहरुले पनि यसलाई सकारात्मक रुपमा लिए पनि ओलीको चालका रुपमा व्याख्या गरेका छन्।

नेपाल समूहमा दुई थरी धारणा आउनुको संकेत नै चिरा पर्ने लयका रुपमा स्पष्ट बुझिन्छ। ओलीको घोषणालाई एकता प्रक्रियाका लागि अनौपचारिक वार्ता गरिरहेका योगेश भट्टराईलगायतका नेताले सकारात्मक रुपमा लिएका छन् भने रामकुमारी झाँक्रीलगायतका नेताले भने चालका रुपमा व्याख्या गरेका छन्।

एमालेको जीवन एकता चाहिनेले वार्तालाई प्रधानमन्त्रीको घोषणालाई सकारात्मक रुपमा नै लिनेछन्। तर यसलाई विरोध गर्नेहरु एमाले विभाजनकै रुपमा देख्न चहाने मात्र हुन्, एक नेताले भने।

कतिपयले भने वार्ताका लागि गरिएको आह्वानको नम्बर बुँदालाई लिएर ओलीप्रति शंका गरेका छन्। उक्त बुँदामा सर्वोच्च अदालतमा मुद्दाका लागि गरिएको हस्ताक्षर फिर्ता लिनुपर्नेलगायतको विषय उल्लेख छ।

एक नेता भन्छन्,‘पहिलो कुरा एमाले एकता मुख्य हो। विभाजन हुन लागेको पार्टीलाई जोगाउन सकिन्छ भनेर प्रधानमन्त्रीले गर्नुभएको आह्वानलाई यसरी अनर्थका रुपमा लगाउन पनि आवश्यक छैन, नेपाल पक्षका अर्का नेता भन्छन्।

सोमबारका लागि नेपाल पक्षले आफूनिकट रहेका स्थायी कमिटीका सदस्यलाई बोलाएको छ। उक्त बैठकबाट आउने निर्णयका आधारमा नै अगाडि बढ्ने बताइन्छ। तर, त्यो बैठकमा पनि मतविभाजन हुन सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया