

विपक्षी विद्यार्थी संगठनद्वारा प्रधानमन्त्रीको पुत्ला दहन

काठमाडौं – विपक्षी विद्यार्थी संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् । कोटेश्वर बहुमुखी क्याम्पसका विद्यार्थीले कोटेश्वर चोक नजिकै प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन् ।
क्याम्पसमा नेतृत्व गर्ने नेविसंघ, अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनले पुत्ला दहन गरेको जनाइएको छ । उनीहरूले सरकारविरुद्ध नारा जुलुससमेत गरेका थिए ।

