सरकारले बनाएका नीति तथा योजनालाई कार्यान्वयन गराउनु मेरो पहिलो प्राथमिकता : मन्त्री चौधरी


काठमाडौं – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीले सरकारले यसअघि नै बनाएका नीति तथा योजनालाई कार्यान्वयन गर्नु आफ्नो प्राथमिकता रहेको बताएकी छन् ।

आइतबार मन्त्रालयमा आफ्नो कार्यभार सम्हाल्दै मन्त्री चौधरीले सरकारले बनाएका नीति तथा योजना कार्यान्वयन हुन नसकेका कामहरुलाई कार्यन्वयन गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताएकी हुन् ।

उनले महिला, बालबालिका तथा जेष्ठ नागरिकले सरकारबाट पाउनुपर्ने सेवा सुविधालाई छिटो र सहज रुपमा दिलाउन पनि आफुले जोड दिने बताइन् ।

उनले भनिन्,‘मेरो कार्य योजना, नीतिगत कामहरु त छदैँछ । तर कस्तोलाई प्राथमिकता दिने, धेरै योजना बनाएर मात्रै होइन, जुन बनेको योजनालाई पनि कसरी सकारात्मक रुपले त्यो समस्यालाई समाधान गर्ने, धेरै योजनाहरु बनाउँछौ तर कार्यान्वयन हुन्छ कि हुँदैन त्यसमा जोड दिन जरुरी छ । नेपाल सरकारको संविधानदेखि नियम, कानुन, महिला, बालबालिका, जेष्ठ नागरिक, सामाजिक सुरक्षा जे पनि छ त्यसलाई कसरी कार्यान्वयन र छिटोभन्दा छिटो मन्त्रालयबाट पाउने सेवा, सुविधा हो त्यसमा जोड दिने ।’

मन्त्री चौधरीले समाजमा रहेका विभिन्न कुरिति अन्त्यका लागि ५ वर्षिय रणनीतिक कार्ययोजनाको फाइल सदर गरेर कार्यभार समालेकी हुन् ।

प्रतिक्रिया