

काँग्रेसका पुराना नेता श्रेष्ठको निधनले अत्यन्तै मर्माहत बनायो : नेता पौडेल

काठमाडौं – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल काँग्रेसका पुराना नेता महेश्वरलाल श्रेष्ठको निधनले अत्यन्तै मर्माहत बनाएको बताएका छन् ।
शनिबार विहान ८ बजे काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा ८४ वर्षको उमेरमा श्रेष्ठको निधन हो ।
उनको निधनप्रति शोक व्यक्त गर्दै पौडेलले नेपालको प्रजातान्त्रिक आन्दोलनमा २००७ साल देखिनै अनवरत रुपमा लागि रहेका अथक र संघर्षशील योद्धा तथा अन्त्यन्तै निस्ठावान हामी सबैका नेता महेश्वरलाल श्रेष्ठको निधनले आफुलाई अत्यन्तै मर्माहत बनाएका छन् ।
पौडेलका अनुसार श्रेष्ठ सत्याग्रह आन्दोलनमा समेत सहभागी भइ सुवर्ण शमशेरको नेतृत्वमा भरतपुर कब्जा गर्ने आन्दोलनको नेतृत्वदायी भुमिका निर्वाह गरेका थिए ।

