खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै


काठमाडौँ – नेकपा एमाले झलनाथ खनाल-माधव नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै छ ।

आज दिउँसो १ बजे भर्चुअल मिटिङले बोलाइएको हो । बैठकमा केन्द्रीय सदस्यबाट आएको रायमाथि विमर्श गरिने जनाइएको छ ।

बिहीबार र शुक्रवार खनाल नेपाल समूहको केन्द्रीय सदस्यहरूको बैठक बसको थियो । बैठकले केपी ओलीसँग सम्झौताहीन सङ्घर्ष गर्ने लोकतान्त्रिक गठबन्धनलाई निरन्तरता दिने, साथै पार्टी एकता जोगाउन संस्थापन पक्षसँग वार्ता, संवाद र पार्टी पुनर्गठन अभियान समानान्तर रूपमा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्ने बताइएको छ ।

प्रतिक्रिया