

नेपालमा पछिल्लो २४ घन्टामा ६६३१ संक्रमित थपिए, ८६६३ कोरोना मुक्त, १०१ को मृत्यु

काठमाडौं – पछिल्लो २४ घन्टामा नेपालमा ६ हजार ६३१ जनालाई संक्रमण पुष्टि भएको छ ।
त्यस्तै ८ हजार ६६३ निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १०१ जना संक्रमितको मृत्यु भएको छ ।
आज थपिकासँगै नेपालमा संक्रमितको संख्या ५ लाख ९३ हजार १६२ पुगेको छ जसमध्ये ४ लाख ७६ हजार १३० निको भएका छन् भने ७ हजार ७३१ जनाको मृत्यु भएको छ ।
अहिले ९७ हजार ६९९ जना आइसोलेसनमा छन् । पछिल्लो २४ घण्टामा १४ हजार १८२ पीसीआर र ६ हजार ६३१ जनाको एन्टीजेन परीक्षण भएको छ

