

संसदीय दलका नेता शाहलाई प्रदेश कमिटीपछि ओलीले पनि सोधे ४८ घण्टे स्पष्टीकरण

कैलाली – नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाश शाहलाई स्पष्टीकरण सोधेका छन् ।
यसअघि प्रदेश कमिटीले पनि उनलाई स्पष्टीकरण सोधेका थिए । शाह केन्द्रीय सदस्य भएकोले केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष ओलीले पनि स्पष्टीकरण सोधेका हुन् ।
बिहीबार अध्यक्ष ओलीले शाहलाई ४८ घण्टे स्पष्टीकरण सोधेका हुन् ।
जेठ १० गतेको एमाले स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारमाथिको समर्थन फिर्ता लिएको थियो ।

