

अर्को सूचना जारी नभएसम्मका लागि एमाले स्थायी कमिटी बैठक स्थगित

काठमाडौं – नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि स्थगित भएको छ ।
आज अपराह्न चार बजे बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
बुधबार बोलाइएको बैठक पनि प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तिम समयमा स्थगित गरेका थिए । मंगलबारको बैठकले भने अन्तिम समयसम्म एकताको प्रयास गर्ने निर्णय गरेको थियो ।

