

नेपालमा कोरोनाको कुनै भेरियन्ट फेला परेको छैन : डब्लुएचओ

काठमाडौं – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) नेपालमा कुनै पनि कोरोनाको भेयिन्ट फेला नपरेको जानकारी दिएको छ ।
डब्ल्यूएचओको नेपालस्थित कार्यालयले बिहीबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै नेपालमा कोरोनाको कुनै पनि प्रजातिको नयाँ भेरियन्ट भेटिएकोबारे जानकारी नभएको बताएको हो ।
‘नेपालमा सार्स-कोभ-२ को नयाँ भेरियन्ट फेला परेको भन्ने कुरामा विश्व स्वास्थ्य सङ्गठन अवगत छैन’ डब्ल्यूएचओको नेपालस्थित कार्यालय भनेको छ ।
हाल नेपालमा अल्फा (बी.१.१.७), डेल्टा (बी.१.६१७.२) र कप्पा (बी.१.६१७) भेरियन्ट देखिएको छ । तीन भेरियन्टमध्ये नेपालमा हाल सक्रिय रहेको भेरियन्ट डेल्टा (बी.१.६१७.२) हो ।
बेलायती सञ्चारमाध्यमहरूमा नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको दाबी गर्दै त्यस्तो भेरियन्ट आफ्ना नागरिकका लागि चुनौतीपूर्ण भएको दाबीसहितका रिपोर्ट प्रकाशित गरेको छ ।
हालसम्म नेपालमा म्युटेन्ट भएको भाइरसबारे विश्व स्वास्थ्य सङ्गठनले समेत आधिकारिकरुपमा केही बताएको छैन ।
I urge the Nepal government to urgently address this claim (questionable). As far as I’m aware, Nepal has not reported a novel variant other than Indian and UK variants. ‘Ministers fear new strain of Covid from Nepal could scupper holidays https://t.co/dXAmMXTC3t via @MailOnline
— Sameer M Dixit, PhD🇳🇵 (@smadixit) June 3, 2021

