कैलालीमा कालो ढुसी संक्रमणबाट एक जनाको मृत्यु


काठमाडौं– धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कालो ढुसी (म्यूकर माइकोसिस)को संक्रमणबाट कैलाली बर्दगोरिया–६ का ६५ वर्षीय पुरुषको मृत्यु भएको छ।

अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार मिर्गौलासम्बन्धी रोगबाट ग्रसित उनी जेठ १७ गते अस्पताल भर्ना भएकोमा बुधबार कालो ढुसीको संक्रमण पुष्टि भएको थियो।

उनको विहीबार बिहान मृत्यु भएको हो। कोरोना रिपोर्ट नेगेटिभ आए पनि उनमा कालो ढुसी संक्रमण भनेचाहिँ पुष्टि भयो। उपचारको क्रममा उनको ओठ वरिपरि कालो दाग देखा पर्न थालेपछि स्वाब र बायोप्सीमार्फत परीक्षण गर्दा बुधबार कालो ढुसीको संक्रमण पुष्टि भएको थियो।

प्रतिक्रिया