

सुनको मूल्य प्रतितोलामा ४०० रुपैँयाले बढ्यो

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेको छ ।
अघिल्लो दुई दिनदेखि स्थिर रहेको सुनको मूल्य बिहीबार भने चार सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार र बुधबार सुनको मूल्य प्रतितोला ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य बिहीबारका लागि प्रतितोला मूल्य ९४ हजार ९ सय रुपैयाँ तोकेको महासंघले जनाएको छ ।
यस्तै तेजावी सुनको मूल्यको कारोबार मूल्य ९४ हजार चार सय रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेर एक हजार तीन सय ७५ रुपैयाँ पुगेको छ । बुधबार मंगलबार भन्दा तोलामा १० रुपैयाँले घटेर एक् हजार तीन सय ६० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

