

बेलायती पत्रिकाको कभर स्टोरी– कोभिडको नेपाल भेरियन्टले हाम्रो विदालाई चुनौति हुन सक्छ

काठमाडौं– बेलायती पत्रिका डेली मेलले नेपालमा आउने पर्यटकको समस्यालाई अनुमानित तथ्यका आधारमा कोभिड जोखिम सन्दर्भमा एउटा कभर स्टोरी प्रकाशित गरेको छ।
विहीबार प्रकाशित उक्त समाचारमा नेपालमा आएको नयाँ भेरियन्टले विदा मनाउन यहाँ आएकालाई चुनौति दिन सक्ने अनुमान गरिएको छ। उक्त अनुमानित तथ्य राख्दै उसले प्रकाशित गरेको समाचारमा भनिएको छ,‘नेपाली भेरियन्ट युरोपको पोर्चुगलमा प्रभावित बनाउने प्रकारको छ।’
भारतीय भेरियन्ट B.1.167 ले नेपालमा दोस्रो लहर फैलाएपछि नेपाली भेरियन्टको उत्पत्ती भएको पनि समाचारमा उल्लेख छ।

