

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता, के भयो कुराकानी?

काठमाडौं – प्रतिनिधिसभा पुनर्स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा वहस जारी रहेको बेला राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली बुधवार साँझ साढे ६ः३० बजे शीतल निवास पुगेका थिए। राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटलाई महत्वका साथ हेरिएको छ।
राष्ट्रपति भण्डारीसँग करिब ३० मिनेट भेटेर प्रधानमन्त्री ओली फर्किसकेका छन्। पछिल्लो विकसित राजनीतिक घटनाक्रमलाई लिएर राष्ट्रपति र प्रधानमन्त्रीबीच छलफल भएको हुनसक्ने अनुमान गरिएको छ।
पछिल्लो समय ओलीले आफू संकटमा परेको बेला राष्ट्रपति भण्डारीसँग बाक्लो भेट गर्दै आएका छन्।

