कांग्रेसका नेता तथा पूर्वसञ्चार मन्त्री बस्नेतद्वारा निजी सवारी एम्बुलेन्स बनाई हस्तान्तरण


सिन्धुपाल्चोक – नेपाली कांग्रेसका नेता तथा पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री मोहनबहादुर बस्नेतले आफ्नो निजी सवारी साधनलाई सिन्धुपाल्चोकभरका कोरोना संक्रमितलाई बोक्नका हस्तान्तरण गरेका छन् ।

बुधबार उनले उक्त गाडी फिर्ता नलिने गरि हस्तान्तरण गरेका हुन् । सिन्धुपाल्चोकमा नेता बस्नेतको पहलमा १०० बेडको अक्सिजनसहित अस्पताल बनाउने कार्य पनि अघि बढिरहेकाे छ । नेता बस्नेतको निर्देशनमा र क्षत्रिय सभापति बालकृष्ण बस्नेतको सहयोगमा हाल जिल्लाका विभिन्न स्वास्थ्य चौकीहरुमा स्वास्थ्य सामग्री वितरण कार्य भैरहेको छ ।

प्रतिक्रिया