

एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै

काठमाडौँ – नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । बैठक आज अपराह्न ४ बजे बालुवाटारमा बोलाइएको एक नेताले जानकारी दिए ।
यसअघि हिजो बसेको बैठकले स्पष्टीकरण सोधिएका खनाल–नेपाल समूहका नेताहरुबारे कारबाहीको निर्णय गर्ने बताए पनि कुनै निर्णय गरेन। आज पनि नेताहरूको कारबाहीबारेमा कुनै पनि एजेन्डा नभएको बताइएको छ ।
बैठकले पार्टी एकताका लागि अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको थियो ।

