एमाले फर्कन माधव नेपाल पक्षले मान्लान् त ओलीका सर्त?


काठमाडौं– नेता माधवकुमार नेपाल पक्षले एमालेमा संगठित हुनका लागि एउटै बटमलाइन राखेका थिए– कमिटी २ जेठ, ०७५ मा फर्किनुपर्छ।

दोस्रो तहका नेतासँगको बैठक र अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको परामर्शपछि एमाले सोही मितिमा फर्किने लगभग तय भएको छ। तर, त्यसका लागि प्रधानमन्त्री पदका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दिएको समर्थन फिर्ता लिनुपर्ने ओलीको सर्त छ।

के नेपालले उक्त सर्त मान्छन् त?

एमालेका एक नेताका अनुसार बटमलाइनअनुसार ओली फर्कन तयार भए नेपालका लागि उक्त सर्त ठूलो होइन। एमालेको सरकारका लागि नै पहल गर्नेगरी नेता नेपाल अग्रसर हुने ति नेताको दाबी छ।

‘पार्टी पहिलाको कमिटीमा फर्किने र सोहीअनुसार अगाडि बढ्ने हो भने कांग्रेसलाई सरकार बनाउनका लागि समर्थन गरेर जाने भन्ने कुरा नै हुँदैन’, ति नेता भन्छन्,‘बरु एमालेको सरकार कसरी टिकाउने भन्नेचाहिँ मूल प्रश्न बन्नेछ।’

नेता नेपालले एमालेको सरकार टिकाउने मात्र नभएर प्रतिनिधि सभा विघटनको निर्णय फिर्ता गर्दै बहुमतको सरकार चलाउनका लागि ओलीलाई भन्नेछन्। नेपाल संसद विघटनका विरुद्ध मैदानमा उत्रिसकेका कारण दुवैको ‘विन–विन’ अवस्थामा सहमति हुन सक्ने कतिपयले अनुमान गरेका छन्।

प्रतिक्रिया