नेपाल आइस बियर प्लान्टमा आगलागी (भिडियो)


काठमाडौं – चौधरी ग्रुपको नेपाल आइस बियर प्लान्टमा आगलागी भएको छ। पूर्वी नवलपरासीको देवचुली नगरपालिका–२ मा रहेको नेपाल आइस वियर प्लान्टमा आगलागी भएको हो।

बुधबार बिहान ८ बजेतिर लागेको आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ। घटनास्थलमा प्रहरी, दमकल र कामदारहरुले आगो नियन्त्रणको लागि प्रयास गरिरहेका छन्।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार आगलागीको कारण खुलिसकेको छैन्।

प्रतिक्रिया