चीनद्वारा १ हजार ५०० थान अक्सिजन सिलिन्डर र स्वास्थ्य सामग्री प्रदान


काठमाडौं – कोभिड-१९ का कारण नेपालमा सङ्क्रमित बिरामीको उपचारमा सहज पार्न चीन सरकारले आज अक्सिजन सिलिन्डर प्रदान गरेको छ ।

स्वास्थ्य सेवा विभागलाई एक हजार ५०० थान अक्सिजन सिलिन्डर एवम् पाँच लाख २७ हजार ५०० थान एन-९५ मास्क टिमुरेस्थित भन्सार हातामा आइसकेको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताए ।

आफ्नो हातामा ल्याइएका सामग्री नियमानुसार परीक्षण अगाडि बढिरहेको र ती सामग्री आजै टिमुरेबाट काठमाडौँ पठाईने प्रमुख भन्सार अधिकृत रेग्मीले जानकारी दिए ।

चीन सरकारले नेपाललाई कोभिड महामारी नियन्त्रणमा लिन कोरोनाभाइरस विरुद्धको खोप र स्वास्थ्य सामग्री सहयोग गर्दै आईरहेको छ ।

प्रतिक्रिया