कोरोना माहामारीका कारण ‘कोपा अमेरिका’ फुटबल अर्जेन्टिनाको सट्टा ब्राजिलमा हुने


एजेन्सी – यस वर्षको कोपा अमेरिका फुटबल प्रतियोगिता ब्राजिलले आयोजना गर्ने भएको छ । प्रतियोगिता सुरु हुनुभन्दा दुई हप्ता अगाडि मात्रै ब्राजिललाई नयाँ आयोजक छानिएको हो ।

यसअघि प्रतियोगिता अर्जेन्टिना र कोलम्बियामा गर्ने भनिएको थियो । तर कोलम्बियामा जारी राजनीतिक संकट एवं अर्जेन्टिनामा कोरोना भाईरसको संक्रमण दर उच्च रहेकोले प्रतियोगिता ब्राजिलमा हुने भएको हो ।

दक्षिण अमेरिकी फुटबल महासंघ कन्मेबोलले हिजो अर्जेन्टिनालाई आयोजकबाट हटाउँदै ब्राजिललाई आयोजनाको जिम्मा सुम्पिएको हो । कोपा अमेरिका फुटबल प्रतियोगिता दक्षिण अमेरिकी महादेशको सबैभन्दा ठूलो फटबल प्रतियोगिता हो ।

प्रतियोगिताको यो संस्करण यही जुन १३ तारिखबाट सुरु हुँदैछ । यस पटक दक्षिण अमेरिकी महादेशका १० टोलीलाई दुई समुहमा विभाजन गरेर ‘लिग कम नक आउट’को आधारमा प्रतियोगिता संचलन गरिदैछ ।

प्रतियोगिको एउटा समुहमा ब्राजिल, कोलम्बिया, इक्वेडर, पेरु र भेनेजुएला छन् भने अर्को समुहमा अर्जेन्टिना, बोलिभिया, चिली, पाराग्वे र उरुग्वे रहेका छन् ।

प्रतिक्रिया