तीन जिल्लाका सीडिओ बैठक, उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने तयारी


काठमाडौं– उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडिओ)को बैठक बस्ने तयारी भएको छ। मंगलबार बस्ने बैठकले उपत्यकामा गत साता कडा बनाइएको निषेधाज्ञा केही खुकुलो बनाउने तयारी भएको छ।

स्वास्थ्य मन्त्रालय र गृह मन्त्रालयका अधिकारीसँगको परामर्शका आधारमा खाद्यान्न पसललगायतमा गरिएको कडाईलाई खुकुलो बनाउने तयारी गरेको बताइएको छ।

प्रतिक्रिया