चीनले दिएको ८ लाख डोज खोप आज काठमाडौं आइपुग्ने


काठमाडौं – चीन सरकारले अनुदानमा दिने भनिएकको कोरोना भाइरस विरूद्धको ८ लाख डोज खोप आज (मंगलबार) नेपाल एयरलाइन्सको चार्टर विमान मार्फत काठमाडौंआउँदैछ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले सहयोग घोषणा गरेको १० लाख डोज खोपमध्ये करिब ८ लाख डोज खोप आज (मंगलबार) दिउँसो ३ बजे काठमाडौं आइपुग्ने बताइएको छ ।

उक्त खोप लिन सोमबार राति ११ बजे काठमाडौंबाट एयरबस ए ३३० जहाज बेइजिङ उडेको हो । एयरलाइन्सका अपरेशन डाइरेक्टर दिपु जुहार्चनका अनुसार जहाजबाट आठ लाख डोज खोप ल्याइनेछ।

यसअघि चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई १० लाख डोज खोप अनुदान दिने घोषणा गरेका थिए। त्योमध्ये बेइजिङबाट ८ लाख डोज ल्याउने जिम्मेवारी आफूहरूलाई दिइएको जुहार्चनले जानकारी दिए।

प्रतिक्रिया