सरकार अलोकप्रियताको गहिरो बिन्दुमा, अर्थतन्त्र अझ बिग्रिने कांग्रेसकाे टिप्पणी


काठमाडौं – प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार अलोकप्रियताको सबभन्दा गहिरो बिन्दुमा रहेको बताएका छन् ।

बजेटबारे पार्टीको धारणा सार्वजनिक गर्न सोमबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा छायाँ अर्थमन्त्री समेत रहेका कांग्रेस सांसद मिनेन्द्र रिजालले यस्तो बताएका हुन् । उनले भने, ‘यो सरकार अलोकप्रियताको सबभन्दा गहिरो बिन्दुमा छ । त्यसैले सरकार लोकप्रिय होला कि भन्ने चिन्ता छैन ।’

उनले अघि भने, ‘हामीलाई देश र जनताको चिन्ता छ । जनता कोरोनाको कहरमा छन्, अर्थतन्त्र अझ बिग्रिने खतरा छ ।’ सरकारको लोकप्रियता कति छ भनेर उसले जानेको होला भन्दै उनले नजानेको भए चुनाव भएको दिन थाहा हुने बताए ।

प्रतिक्रिया