‘हात मिलाएर आ–आफ्नो बाटो लागौँ, हिँडिरहे फेरि भेट हुनेछ’


काठमाडौँ – पार्टी फुटको संघारमा रहेको बेला जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्‌का अध्यक्ष डा. बाबुराम भट्टराईले हात मिलाएर आ–आफ्‍नो बाटो लाग्‍न सुझाव दिएका छन्।

पार्टीभित्र विवाद चर्किएपछि जसपाका महन्थ ठाकुर र राजेन्द्र महतो सरकारमा सहभागि हुने चर्चा चलिरहँदा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले यस्तो सुझाव दिएका हुन्।

‘अहिलेको राजनीतिक संकट पुरानो विचार, पार्टी र नेतृत्वको सामुहिक विघटनको अभिव्यक्ति हो,’ भट्टराईले मध्यराति ट्विट गर्दै लेखेका छन्, ‘नयाँ निर्माण निम्ति पुरानो भत्कनैपर्छ। समयले नयाँ ध्रुवीकरण खोज्दैछ।’

त्यस्तै भट्टराईले हिँडिरहे फेरि भेट हुने बताएका छन्। ‘अतः मान्छे तानातान र किनबेचको तमासा नगरौं! भेडाभेडासँग र बाख्राबाख्रासँग हुन दिऊँ! हातमिलाएर आआफ्नो बाटो लागौं! हिँडिरहे फेरि भेटहुनेछ!’ उनले लेखेका छन्।

प्रतिक्रिया