

पूर्वसञ्चारमन्त्री बाँस्कोटाविरुद्ध बिचौलिया मिश्रले अदालतमा पेश गरे प्रमाणको थाक (प्रत्योत्तरपत्रसहित)

काठमाडौं– सेक्युरिटी प्रेस खरिदमा पूर्वसञ्चारमन्त्री तथा नेकपा सांसद गोकुल बाँस्कोटाले पदमा रहँदा ७० करोड कमिशन मागेको प्रकरणमा बिचौलिय बिजय मिश्रले काठमाडौं जिल्ला अदालतमा प्रमाणका थाक बुझाएका छन्।
बाँस्कोटाले अनर्गल प्रचारबाजी गरेको भन्दै मिश्रविरुद्ध जिल्ला अदालत काठमाडौंमा विद्युतीय कारोबार ऐन अन्तर्गत मानाहानीसहितको मुद्दा दर्ता गराएका थिए। त्यसको १४ पृष्ठ लामो प्रत्युत्तरका क्रममा मिश्रले अडियोसहित यस प्रकरणमा जोडिएका सबै प्रमाणको प्रतिलिपि पेश गरेको दाबी गरेका छन्।
मिश्रका तर्फबाट आजाद कार्कीले बुझाएको प्रत्योत्तरपत्रमा अदालतलाई पेस गरेका प्रमाणका सन्दर्भमा उल्लेख गरिएको छ। जसमा मन्त्रिपरिषदको निर्णयको कपि समेत सामेल गराइएका कारण प्रधानमन्त्री केपी शर्मा ओलीको पनि संलग्नताको आशंका गरिएको छ।
हेर्नुहोस् प्रत्योत्तरपत्र

