

ओलीले बोलाए एमाले स्थायी समिति बैठक, स्पष्टिकरण नपठाउने नेपाल समुहका १२ नेतालाई कारर्बाही गर्ने तयारी

काठमाडौँ – नेकपा एमाले अध्यष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी समिति बैठक बोलाएको छ । स्थायी समिति बैठक आज (आइतबार) साँझ ५ बजे बस्नेगरी बोलाएको एमाले नेता सुवास नेम्वाङले जानकारी दिए ।
उनका अनुसार पार्टीका आन्तरिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो । एमाले नेताहरुका अनुसार यसअघिको बैठकले माधव नेपाल पक्षका १२ नेतालाई सोधेको स्पष्टीकरणबारे बैठकमा छलफल हुनेछ ।
विपक्षी गठबन्धनका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि प्रस्ताव गर्दै हस्ताक्षर गर्ने नेपाल पक्षका १२ जना नेतालाई सोधिएको स्पष्टीकरणको जवाफ नेताहरुले पठाएका थिएनन् । स्पष्टिकरण नपठाउने नेताहरुलाई कारवाही गर्ने तयारी ओली पक्षको छ ।

