

सुदूरपश्चिम प्रदेशका पूर्व मन्त्री बोहरालाई एमालेले सोध्यो स्पष्टीकरण

धनगढी । नेकपा एमालेको सुदूरपश्चिम प्रदेशसभा कमिटीले पूर्व भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरासँग स्पष्टीकरण मागेको छ ।
एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाहले ओली समूहका सांसद बोहरासँग स्पष्टीकरण मागेका हुन् ।
बोहरालाई जेठ १६ गते साँझ ५ बजेभित्र जवाफ माग गरिएको छ ।
बोहरालाई शाहले लेखेको पत्रमा स्वयं उपस्थित भएको संसदीय दलको बैठकको निर्णयविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएको, निर्णय कार्यान्वयनमा बाधा सिर्जना गरी गुटबन्दी गरेको लगायतका विषयमा जवाफ मागिएको छ ।

