जसपा अध्यक्ष डा. भट्टराईलाई भारतीय जनता पार्टीका महासचिव चौथाइवालेको चेतावनी


काठमाडौं– नेपालको आन्तरिक राजनीतिक विषयमा निरन्तर भारतीय संस्थापन तानिन थालेपछि यो विवादले अन्तरदेशीय राजनीतिक तरङ सुरु गरेको छ।

जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले द हिन्दूमा लेखेको एउटा आलेखमा भारतको राष्ट्रिय स्वयमसेवक दलका विषयमा गरेको टिप्पणीलाई लिएर भारतीय जनता पार्टीका महासचिव डा. बिजय चौथाइवालेले चेतावनी दिएका छन्।

ट्वीटरमा उक्त आलेखसमेत शेयर गरी चौथाइवालेले डा. भट्टराईलाई आफ्नो औकातमा कसेर टिप्पणी गर्नका लागि सुझाव दिएका छन्। उनले ट्वीटरमा भनेका छन्,‘नेपालको राजनीतिका विषयमा डा. भट्टराईले टिप्पणी गर्न पाउँछन् तर आरएसएसका विषयमा टिप्पणी गर्नका लागि उनी जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयु)को कक्षाकोठा बाहिर निस्कनू।’

प्रतिक्रिया