

महामारीबीच निरीक्षणका नाममा महानगरका थापाको कमाउ धन्दा

काठमाडौं – कोभिड महामारीको यस परिवेशमा काठमाडौं महानगरपालिकामा भ्रष्टाचार मौलाउन थालेको छ । कोरोना महामारीको बेला विकास निर्माणका काममा सक्रिय रहेको भनिँदै आएका महानगरका कतिपय विभाग कर्मचारीहरुकै कारण महानगरमा भ्रष्टाचार बढ्न थालेको सेवाग्राहीहरुले बताएका छन् ।
महानगरको सहरी पूर्वाधार विकास विभागका प्रमुख राम बहादुर थापा पछिल्ला दिनमा निरिक्षणका नाममा आर्थिक लाभ लिइरहेको जनाइएको छ । २ वर्षदेखि विभागको नेतृत्वमा रहेका थापाले महानगरभित्रको पूर्वाधार विकासका क्रममा आर्थिक लाभ लिइरहेको जनाइएको छ ।
थापाले माथिल्ला निकायलाई आर्थिक प्रलोभनमा पारी सोही विभागमा लामो समयदेखि नेतृत्व लिइरहन सफल भएका छन् । महानगरका नवौं तहका कर्मचारी थापाले वार्षिक ८ अर्ब भन्दा बजेट रहने विभागको नेतृत्वमा रहँदै लामोसमयदेखि आर्थिक अनियमितता गरिरहेको स्रोतले जनाएको छ ।
पछिल्ला दिनमा थापाले निषेधाज्ञा भए पनि घरमा बस्न नपाएको बताउँदै विकास निर्माणको निरिक्षणमा आफू व्यस्त भएको बताए पनि उनी आर्थिक वर्षको अन्त्य भएर ‘उठौतीमा’ लागेको स्रोतले जनाएको छ ।

