

सरकारविरुद्ध सडकमा नउत्रिने कांग्रेसको निर्णय, ओलीमाथि यस्ता छन् आरोप

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध सडक संघर्षमा नउत्रिने निर्णय गरेको छ। बुधबार पदाधिकारी र पूर्वपदाधिकारीको सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा भएको बैठकले यस्तो निर्णय गरेको हो।
उसले सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट भने सरकारविरुद्ध, प्रतिनिधि सभा विघटनको निर्णयविरुद्ध जनमत र जनबहस चलाउने निर्णय गरेको बताइएको छ।
यस्तै, कोरोना महामारीको आडमा प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता टिकाउन खोजेको आरोप कांग्रेसले लगाएको छ। १५ बुँदे मागपत्रको सम्बोधनमा सरकार उदासिन बन्नु दुर्भाग्यपूर्ण रहेको कांग्रेसको ठहर छ।
गाउँ गाउँसम्म सरकारले पिसीआर परिक्षणदेखि कोरोना पीडितलाई उपचारलगायतका काममा सक्रियता नदेखाएको कांग्रेसको ठहर छ।

