

जसपाका उपेन्द्र यादव समूहले ठाकुरसहित चार नेतालाई सोध्यो नौ बुँदे स्पष्टीकरण

काठमाडौं – जनता समाजवादी पार्टीमा एकले अर्को समूहलाई स्पष्टीकरण सोध्ने दोहोरी नै चलेको छ।
महन्थ ठाकुर समूहले उपेन्द्र यादव समूहलाई स्पष्टीकरण सोधेको केही घण्टामा अर्का अध्यक्ष यादव समूहले चार नेतालाई स्पष्टीकरण सोधेको छ। स्पष्टीकरण सोधिएका नेतामा संसदीय दलका नेता राजेन्द्र महतो, अध्यक्ष महन्थ ठाकुर, कार्यकारीणी सदस्य सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण छन्।
देउवालाई समर्थन किन गरेको भन्दै अध्यक्ष ठाकुरद्वारा यादवलाई स्पष्टीकरण उनीहरु चारै जनालाई तीन दिन भित्र स्पष्टीकरण बुझाउन भनिएको छ। पार्टी पार्टी कार्यालय प्रमुख प्रकाश अधिकारीद्वारा सोधिएको स्पष्टीकरणमा पार्टीको हित विपरित काम गरेको, प्रधानमन्त्री ओलीलाई किन समर्थन गरेको र राजेन्द्र महतोलाई संसदीय दलको नेता किन र के का आधारमा चयन गरिएको भन्ने उल्लेख छ।

