

विपक्षी गठबन्धनको बैठकः स्वतन्त्र सांसदको हैसियतले प्रधानमन्त्रीमा देउवाको दाबी

काठमाडौं– एमालेबाट निष्काशित नेता माधवकुमार नेपालसहित विपक्षी गठबन्धनको बैठकले प्रतिनिधि सभाका सदस्यको हैसियतमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्रीमा दाबेदारी रहेको ठहर गरेको छ।
संविधानको धारा ७६(५)को मर्मअनुसार सांसदका हिसाबले नै देउवाले दाबेदारी पेश गरेका कारण यसमा दलीय हैसियत वा समर्थनको विषयको अर्थ नरहने विपक्षी गठबन्धनको दाबी छ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपासहितको बैठकले यस्तो ठहर गरेको कांग्रेस नेता रमेश लेखकले बताए। ‘दलीय हिसाबले ७६को १,२ र ३ थियो, अहिले संविधानले दिएको अधिकारअनुसार प्रधानमन्त्रीमा दाबी हो।’

