कोरोना भाइरसको भ्याक्सिन तयार भएकाे घोषणा


अमेरिकी भ्याक्सिन विकासकर्ता कम्पनीहरु फाइजर र बायो एन्टेक कोरोनाभाइरस विरूद्ध प्रभावकारी मानिएको भ्याक्सिन तयार भएको जनाइएको छ ।

कोरोना भाइरसविरुद्धको पहिलो प्रभावकारी भ्याक्सिनले ९० प्रतिशत भन्दा बढी मानिसलाई संक्रमणबाट बचाउन सक्ने प्रारम्भिक विश्लेषणले देखाएको छ। 

भ्याक्सिन विकासकर्ता कम्पनीहरु फाइजर र बायो एन्टेकले त्यसलाई विज्ञान र मानवताका लागि ठूलो उपलब्धी भनेका छन्। 

उनीहरुले विकास गरेको भ्याक्सिन ६ मुलुकका ४३ हजार ५ सय मानिसमा परीक्षण गरिँदा कुनै सुरक्षा समस्या देखिएन। 

यी कम्पनीहरुले यसै महिनाको अन्त्यसम्ममा प्रयोगमा ल्याउन आकष्मिक स्विकृतिका लागि आवेदन गर्ने योजना बनाएका छन्। 

अमेरिकी कम्पनीहरुको यो आविष्कारले चिकित्सा ज्ञान क्षेत्रमा यतिबेला भित्रभित्रै ठूलै चर्चा पाइसकेको छ। र आउने वसन्त ऋतुसम्ममा यसको व्यापक प्रयोगबाट विश्वभर जनजीवन सामान्यमा फर्किने आंकलन गरिएको छ। 

यद्यपि त्यसको व्यापक सर्वसुलभता कम्ती चुनौतीपूर्ण छैन। 

‘म सायद आत्मविश्वासका साथ भन्नसक्छु, त्यसले काम गर्नेछ’ अक्फोर्ड युनिभर्सिटीका चिकित्सा विज्ञान प्रध्यापक सरजोन बेलले भनेका छन् ‘यो भ्याक्सिनले संक्रमण भइसकेकालाई उचित उपचार गर्नुका साथै प्रभावकारी रोकथामसमेत गरेर अहिले मानवजातिमाथि थोपरिएका सारा बन्जेजहरु  हटाउने विश्वास गरिएको छ।’

हाल विश्वभर करिब दर्जन भ्याक्सिन अन्तिम चरणको परीक्षणमा छन्। तर फाइजरको र बायो एनटेक नै सबैभन्दा प्रभावकारी नतिजा प्रमाणित गर्ने सवालमा पहिलो बनेका छन्। 

भाइरसको जेनेटिक कोड प्रयोग गरेर इम्यून सिस्टमलाई संक्रमणविरुद्ध लड्न तयार गराउने पद्धतिबाट यो भ्याक्सिनको विकास गरिएको हो।

-बीबीसी

प्रतिक्रिया