एक सय रुपैयाँले बढ्यो सुनको मूल्य


काठमाडौँ – सोमबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक सय रुपैयाँले बढेर ९३ हजार ७०० रुपैयाँ कायम भएको हो ।

त्यस्तै तेजाबी सुन आज प्रतितोला ९३ हजार २०० रुपैयाँ कायम भएको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार यता चाँदी भने गत आइतबारको तुलनामा प्रतितोला ५ रुपैयाँ मात्र वृद्धि भएको छ ।

आज चाँदी प्रतितोला एक हजार ३५० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया