बाँके जारी निषेधाज्ञा फेरि एक साता लम्बियो


बाँके – बाँके जिल्लामा जारी निषेधाज्ञा एक साताका लागि पुनः थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकले निषेधाज्ञा सात दिन लम्ब्याउने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी गेलालले कोरोना संक्रमण नियन्त्रणमा आइनसकेकाले जेठ १७ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी रहने बताए । जोखिमको अवस्था अझै कायम रहेकाले निषेधाज्ञालाई निरन्तरता दिइएको उनले जानकारी दिए ।

बाँकेमा पाँचौं पटक निषेधाज्ञा बढाइएको हो । जिल्लामा गत वैशाख १३ गतेदेखि निषेधाज्ञा कायम छ । नेपालगञ्ज क्षेत्रमा वैशाख ९ गतेदेखि नै निषेधाज्ञा लगाइएको थियो ।

 

प्रतिक्रिया