

‘प्रेमी–प्रेमिकाको पत्र होइन राष्ट्रपति कार्यालयको विज्ञप्ति’

काठमाडौं – नेपाली कांग्रेसका नेता धनराज गुरुङले राष्ट्रपति कार्यालयको वेभसाइटमा प्रकाशित विज्ञप्तिहरु हटाइएको बारेमा खबरदारी गरेका छन् ।
नेता गुरुङले राष्ट्रपति कार्यालयको आधिकारिक वेभसाइटबाट आधिकारिक रुपमा जारी गरिएका विज्ञप्ति कुनै प्रेमी र प्रेमिकाको पत्र नभएको बताउँदै त्यस कार्यको प्रतिकार गर्नुपर्ने बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै गुरुङले भनेका छन्, खबरदार ! राप कार्यालयको विज्ञप्ति कुनै प्रेमि–प्रेमिकाको पत्र हैन, जसलाई त्यति सजिलै लुकाउन सकिँदैन । तिम्रो नग्न प्रदर्शनीमा दुनियाँले आँखा छोपेर मात्रै बस्दैनन्, प्रतिकार असम्भावी छ ।’
राप कार्यालयले हालैको घट्नाक्रमसँग सम्बन्धित विज्ञप्तिहरु वेबसाइटबाट हटायो भन्ने समाचार पढियो।
खवरदार!राप कार्यालयको विज्ञप्ति कुनै प्रेमि-प्रेमिकाको पत्र हैन। जसलाई त्यति सजिलै लुकाउन सकिंदैन।
तिम्रो नग्न प्रदर्शनीमा दुनियाँले आँखा छोपेर मात्रै बस्दैनन्। प्रतिकार अवश्यम्भावी छ।— Dhan Raj Gurung (@dhanrgrg) May 23, 2021

