माधव नेपाल र झलनाथसहित यी ११ नेता परे एमालेको कारबाहीमा (सूचीसहित)


काठमाडौं – नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्माले ओलीले माधव नेपालसहित ११ जनालाई स्पष्टीकरण सोधेका छन्।

आजको बसेको स्थायी कमिटी बैठकले उनीहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

प्रधानमन्त्री पदबाट हटाउन विपक्षी गठबन्धनसँग मिलेर हस्ताक्षर गरेको आरोपमा उनीहरूलाई स्पष्टीकरण सोधिएको हो।

आज बसेको स्थायी कमिटी बैठकले माधव नेपाल, झलनाथ खनाल, भीम रावल, रामकुमारी झाँक्री, सहितका ११ सांसदसँग स्पष्टिकरण माग्ने निर्णय गरेको हो ।

स्पष्टीकरण सोधिएका सांसदको सूची
१. झलनाथ खनाल

२. माधवकुमार नेपाल

३. भीमवहादुर रावल

४. मुकुन्द न्यौपाने

५. रामकुमारी झाँक्री

६. सरला यादव

७. पुष्पाकुमारी कर्ण

८. कलिला खान

९.  निरादेवी जैरु

१०. लक्ष्मी कुमारी चौधरी

११. कल्याणी खड्का

 

 

प्रतिक्रिया