सत्तास्वार्थका लागि बाह्य हस्तक्षेपको आमन्त्रणः माओवादी केन्द्र (वक्तव्यसहित)


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (माओवादी) केन्द्रले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको शुक्रबार मध्यरातको कदमलाई असंवैधानिक, अलोकतान्त्रिक, निरंशुक र प्रतिगामी कदम भनेको छ ।

पार्टी अध्यक्ष प्रचण्डले एक विज्ञप्ति जारी गर्दै उक्त कदमलाई गत पुस ५ गतेको प्रतिगामी कदमको निरन्तरताको अर्को कडी भएको बताइएको छ । सत्तास्वार्थमा केन्द्रीत भई बाह्य हस्तक्षेपको आमन्त्रण गरिएको जनाएको त्यसको घोर भत्सर्नासमेत गरेको छ ।

त्यस्तै विज्ञप्तिमा माओवादी केन्द्रले सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, कानुनविद्, मानवअधिकारवादी, पेशाकर्मीलगायत जनसमुदायलाई एकताबद्ध भई राष्ट्रिय स्वाधिनता, संविधान, लोकतन्त्र र अग्रगमनको पक्षमा उभिँदै संघर्षमा उत्रन समेत अनुृरोध गरेको छ ।

 

विज्ञप्तिः

प्रतिक्रिया