सर्वोच्च जानुअघि प्रारम्भिक छलफलमा जुटे विपक्षी पाँच दल


काठमाडौं – विपक्षी गठबन्धन राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध सर्वोच्च अदालत जाने विषयमा प्रारम्भिक छलफलमा जुटेको छ ।

शनिबार अपरान्ह नेपाली काँग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा नेपाली काँग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चा प्रारम्भिक छलफल भइरहेको छ । त्यो संयोजन काँग्रेस केन्द्रीय सदस्य तथा कानुनी विषयका जानकारी रमेश लेखकले गरिरहेका छन् ।

बहुमत सांसदहरुले अदालतमा मुद्दा दर्ता गर्ने विषयमा तयारी गर्न प्रारम्भिक छलफलमा जुटिएको लेखकले जानकारी दिए । उनकाअनुसार भोलि नै सम्भवत सर्वोच्च अदालतमा मुद्दा दर्ता गरिने छ । प्रधानमन्त्रीले असंवैधानिक ढंगले संसद विघटन गरेकाले सर्वोच्चले संसद पुनःस्थापना गर्ने पनि लेखकको दाबी छ ।

यस भन्दा अघि माआवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पनि प्रतिनिधिसभा विघटन पहिलेको जस्तै सर्वोच्चले संसद पुनःस्थापनाको फैसला गरिदिनेमा आफुहरु विश्वस्त रहेको बताएका छन् ।

प्रतिक्रिया