रवीन्द्र मिश्र भन्छन्– कांग्रेस, माओवादीले न्यायमूर्तीमाथि महाअभियोग लगाएका थिए


काठमाडौं– विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले अहिलेको अवस्था आउनुमा नेपाली कांग्रेस–माओवादीलागयत पनि उत्तिकै दोषी रहेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले न्यायमूर्ती सुशीला कार्कीमाथि महाअभियोग लगाएको स्मरण गरेका छन्।

उनले भनेका छन्,‘हामी सबै प्रधानमन्त्री र राष्ट्रपतिको हर्कतविरूद्ध खनिएका छौँ। हाम्रो सम्झना शक्तिको डोरी छोटो छ। हामी के नबिर्सौँ भने नेपाली कांग्रेस र माओवादी मिलेर कुनैबेला सुशीला कार्की जस्ती न्यायकी प्रतिमुर्तीविरुद्ध समेत महाअभियोग दर्ता गरेका थिए।’

तीनले अनगिन्ती भ्रष्टाचार, अख्तियारको दुरुपयोग र गैर–कानूनी काम गरेको उल्लेख गर्दै मिश्र भन्छन्,‘अहिले पनि यिनले झण्डै ३ महिनाको समय पाउँदा समेत सरकार बनाउन सकेनन्। अहिलेको स्थितिका लागि यी कम जिम्मेवार छैनन्।’

प्रतिक्रिया