१४९ हस्ताक्षरसहित प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध अदालतमा मुद्दा हाल्ने विपक्षी गठबन्धनको निर्णय
काठमाडौं– सरकारको दाबी गर्न लगेका १४९ जनाको हस्ताक्षरसहित प्रतिनिधि सभा विघटन र चुनाव घोषणाविरुद्ध कांग्रेस र माओवादीलगायते सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध मुद्दा हाल्ने भएका छन्।
शनिबार नयाँ बानेश्वरमा भएको बैठकपछि कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता माधवकुमार नेपाल, जसपाका नेता उपेन्द्र यादव र स्वतन्त्र सांसद दुर्गा पौडेलले संयुक्त विज्ञप्तिमार्फत यस्तो निर्णय भएको जनाएका छन्।
माओवादी अध्यक्ष प्रचण्डले सडकबाट पनि त्यसको प्रतिरोध गर्ने बताएका छन्।