

गनगन गरेर नबसौं, महाअभियोग लगाएर राष्ट्रपति हटाइहालौंः गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका युवा नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउनु पर्ने बताएका छन् ।
बिहीबार साँझ प्रधानमन्त्रीको सिफारिसमा सरकार गठनका लागि संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनका लागि राष्ट्रपति भण्डारीबाट आह्वान भए लगत्तै थापाले यस्तो बताएका हुन् ।
राष्ट्रपति र प्रधानमन्त्रीले गलत काम गरेकाले सुझबुझ पुर्याएर राष्ट्रपतिले सरकार गठनका लागि दिएको समय अगावै उनीहरु दुवै जनालाई बिदा गर्नुपर्ने उनको भनाइ छ ।
थापाले ट्वीट गर्दै प्रधानमन्त्री र राष्ट्रपतिले गलत बाटो अपनाएको भन्दै आपत्ति जनाएका हुन् ।
विश्वासको मत लिन मन नलागे प्रमले राजिनामा गर्ने अनि राष्ट्रपतिले प्रकृया शुरु गर्ने हो
नेतागण,के राष्ट्रपति र प्रमले थाहा नपाएर यो गरेको हो?जानेर गरेको हो।
गनगन गरेर नबसौं।सुझबुझ पुर्याउँ र
यिनले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलिलाई बिदा गरौं,महाअभियोग लगाएर रापलाई बिदा गरौं।— Gagan Thapa (@thapagk) May 20, 2021

