‘रबर स्ट्याम्प राष्ट्रपति’ !


काठमाडौं – पत्रकार एवं सामाजिक अभियन्ता नारायण वाग्लेले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘रबर स्ट्याम्प’ को संज्ञा दिएका छन् ।

राष्ट्रपति भण्डारीले सरकारले विश्वासको मत लिन सक्ने राजनीतिक आधार नभएको भनी प्रधानमन्त्रीका आग्रहका आधारमा नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेपछि प्रतिक्रिया दिने क्रममा वाग्लेले उक्त कुरा बताएका हुन् ।

वाग्लेले राष्ट्रपतिको उक्त कदम प्रतिनिधिसभा विघटन गर्ने कदम भएको बताएका छन् ।

वाग्लेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘रबर स्ट्याम्प राष्ट्रपति । देश मनखुशी चलाउने प्रधानमन्त्री । प्रतिनिधिसभा फेरि विघटन गर्ने प्रपञ्च । महामारीले पिल्सिएका जनताको ध्यान मोड्न संविधानमाथि फेरि मनमरी ।’

राष्ट्रपतिको उक्त कदमप्रति नागरिकसमाज, राजनीतिक, कलाकार वा विभिन्न व्यक्तिहरुबाट प्रतिक्रिया आएका छन् ।

 

 

 

प्रतिक्रिया