

राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधानको खिल्ली उडाए : लेखक

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश लेखकले राष्ट्रपति विद्या देवी भण्डारी र प्रधानमन्त्रीले केपी शर्मा आली मिलेर फेरि एक पटक संविधानको खिल्ली उडाउन खोजेको बताएका छन् ।
नयाँ सरकार चयनका लागी राष्ट्रपति भण्डारीले दलहरुलाई भोलि साँझ ५ बजे सम्मको दिएसँगै उनले सामाजिक सञ्जाल मार्फत लेखेका छन् ‘प्रधानमंत्रीले प्रतिनिधि सभामा विश्वासको मतकालागि नगई वा म विश्वासको मत लिन सक्दैन भनी राजीनामा नगरि धारा ७६ (५) को सरकारको प्रक्रिया शुरू हुन सक्दैन ।’
लेखकले राष्ट्रपति र प्रधानमंत्रीले संविधान माथी जालसाजी गरेका समेत बताएका छन । उनले लेखेका छन् ‘यो काम घोर अलोकतान्त्रिक, असंवैधानिक, अधिनायकवादी र अनैतिक हो । वहाहरूले संविधानमाथी गरीरहेको अपराधकालागि ईतिहासमा जवाफ दिनु पर्ला ।’

