एमाले स्थायी कमिटी बैठकमा नेपाल पक्षसँग वार्ता गर्नुको औचित्य खोजियो


काठमाडौं– नेकपा एमालेको स्थायी कमिटी बैठकमा नेता माधवकुमार नेपाल पक्षले राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार रहेका रामबहादुर थापा बादलविरुद्ध मतदान गरेका कारण अब वार्ताको औचित्य खोज्नुपर्ने आवाज उठेको छ।

विहीबार बसेको बैठकमा नेताहरूले पार्टीभित्र आफ्ना उम्मेदवारलाई अन्तरघात गर्नेहरुसँग वार्ता गर्नुको औचित्य के हुन्छ? भनी सोधिएको थियो। ‘कार्यदल बनी समस्या समाधानका निम्ति अगाडि बस्दा पनि देखादेख अन्तरघात भएको बुझिएको छ अब वार्ता गर्ने कि रोक्ने भन्ने विषयमा पनि कुराकानी भयो’, एक नेताले भने।

प्रवक्ता प्रदिप ज्ञवालीका अनुसार कार्यदलमा अब निर्णायक कुराकानी हुने र पार्टीविरोधी गतिविधि जारी रहेको खण्डमा वार्ता गर्ने कि नगर्ने भन्ने विषयमा पनि कुराकानी भएको छ।

प्रतिक्रिया