माओवादीद्वारा सीसीएमसी खारेजीको माग, प्रचण्ड नेतृत्वमा कोभिड नियन्त्रण समिति


काठमाडौं– उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड नियन्त्रण तथा रोकथाम उच्च स्तरीय समिति (सीसीएमसी) खारेज गर्न माओवादीले माग गरेको छ।

विहीबार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सीसीएमसी खारेजीको मागसहितको ज्ञापनपत्र शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने निर्णय गरेको हो।

यसैगरी पार्टीभित्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा स्थानीय तहसम्म नै बन्नेगरी कोभिड नियन्त्रण समिति गठनको निर्णय पनि भएको छ।

एक स्थायी कमिटी सदस्यका अनुसार त्यस्तो समिति केन्द्रमा प्रचण्डको कमान्डमा रहनेछ भने प्रदेश र जिल्लामा इञ्चार्जको कमान्डमा हुनेछ।

प्रतिक्रिया