नेकपा स्थायी कमिटीको बैठक सुरु


काठमाडौं – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा २ बजे बस्ने भनिएको बैठक केही ढिलो गरी सुरु भएको जनाइएको छ ।

बैठकमा पार्टीभित्रको पछिल्लो अवस्थाबारे छलफल हुने बताइएको छ।

स्थायी कमिटी बैठक सकेलगत्तै ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन्। बिहिबार नियमित मन्त्रिपरिषद बैठक बस्ने भएकाले बोलाइएको एक मन्त्रीले बताए।

 

प्रतिक्रिया