कोपा ईटालियाको उपाधि युभेन्ट्सलाई


काठमाडौं – युभेन्ट्सले कोपा ईटालियाको उपाधि जितेको छ । गएराति भएको फाइनल खेलमा एटलान्टालाई २-१ले पराजित गर्दै युभेन्ट्सले घरेलु कपको उपाधि हासिल गरेको हो ।

खेलको ३१ औं मिनेटमा डेजान कुलुसेभ्सकीको गोलमा युभेन्टसले सुरुवाती अग्रता लिएको थियो । तर, एटलान्टाका रुस्लान मालिनोवस्कीले ४१औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि ७३ औं मिनेटमा फेडेरिको किएजाले गोल गर्दै युभेन्टसलाई उपाधि दिलाए । खेलको ८८ औं मिनेटमा राफेल टोलोइले रातो कार्ड पाएपछि एटलान्टा १० खेलाडीमा समेटिएको थियो ।

युभेन्ट्सले कोपा ईटालियाको उपाधि १४ औं पटक उचालेको हो । युभेन्टसले सन् २०१८ पछि पहिलो पटक यस उपाधि जितेको हो । प्रतियोगितामा करिब साढे ४ हजार दर्शकलाई उपस्थित गराइएको थियो ।

प्रतिक्रिया